
प्रदेश १ काे प्रदेशसभा बैठक : नामाकरणकाे विषय ल्याउनासाथ बैठक स्थकित
- भाद्र १२, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन ।संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी गरेका छन् ।
१७ भदौको बैठकमा दुईवटा विधेयकमा छलफल हुने र ती विधेयक पारित भएपछि अधिवेशन अन्त्य गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयको भनाइ छ ।प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने बताएका थिए । तर नेकपा एमालेले भूगोल र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना दलले पहिचानका अधारमा नाम राख्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो ।
नामका लागि स्पष्ट धारणा सार्वजनिक नगरेको नेपाली कांग्रेसले सहमतिका आधारमा नाम राख्नुपर्ने बताएको थियो । तर दलहरु आआफ्नै अडानमा बसेपछि नाम पाउने सम्भावना टरेको हो । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा सभामुख भण्डारीले जारी अधिवेशनबाट नाम आउने सम्भावना टरेको बताएकाम थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments