
प्रदेश सांसद सर्वध्वाेज सावाँ सामाजिक सञ्जालमा ट्राेल : सोई ढोले सोई मुख्यमन्त्री खै ? भिडीयाे भाइरल !
- असार १५, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट छलफलका क्रममा नेकपा (एमाले) सांसद सर्वध्वज साँवाले सरकारको आलोचना गरेका छन् ।राई जातिको सांस्कृतिक गीत गाएर उनले सरकारको आलोचना गरेका हुन् । अधिकतर कुर्सी खाली देखेपछि उनले सम्बोधनको सुरुमा उनले भने, ‘अल्छी चाहिँ लागेको छ, बेकामे काम नभएका मान्छे बसेका रहेछौं, अलिक काम भएका टाठाबाठा माननीयहरू टाप कस्नुभएको रहेछ ।’
आज (मङ्गलबार) पनि बजेटमाथिको छलफल साढे ११ बजे सुरु भयो । पर्यटन तथा संस्कृति मन्त्रालयको बजेट छलफलका क्रममा उनले भने ‘सोई ढोले सोई मुख्यमन्त्री खै ?, सोई ढोले सोई अर्थमन्त्री खैं ? सोइ ढोले सोई अरू मन्त्री खै ?’
मङ्गलबार पर्यटन तथा संस्कृति मन्त्रालयको बजेट छलफलका क्रममा निरन्तरको वर्षाका कारण मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोसहित मन्त्री र सांसदहरू बैठकमा उपस्थित भएनन् ।
साँवा यसअघि पनि अभिव्यक्तिका कारण चर्चामा आएका थिए । उनी तेस्रो पटक अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । ‘आयो पो त, यस्तो विषम परिस्थितिमा लकडाउनको बेला पनि आयो पो त,’ २०७७/०७८ को बजेटमाथिको छलफलका क्रममा उनले भनेका थिए, ‘आयो पो त, गुनासो पो गर्छन् साथीहरू ।’
सुनसरी क्षेत्र नम्बर २ को (क)बाट निर्वाचित उनी इटहरीका पूर्वमेयरसमेत हुन् । निर्वाचन प्रचारका क्रममा इटहरीमा आकाशे पुल बनाउने र ‘डेटिङ स्पर्ट’ बनाउने अभिव्यक्तिका कारण उनी चर्चामा आएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments