
प्रदेश सांसद मिना श्रेष्ठ : ५ मिनेट शाैचालय पस्दा उप सभामुखमा भाेट हाल्न पाइनन
- पुष ३०, २०७९ मा प्रकाशित
नेकपा एमालेकी सांसद मीना श्रेष्ठ प्रदेशसभाको उपसभामुख चयन गर्ने मतदानमा सहभागी हुनबाट बञ्चित भएकी छन् ।
नेकपा एमालेबाट समानुपातिक सांसद रहेकी श्रेष्ठले शौचालयबाट फर्कन ढिलो गर्दा उपसभामुख निर्वाचनमा भोट हाल्न नपाएकी हुन् ।
उपसभामुखको निर्वाचन गर्न आज बसेको संसद् बैठकमा उपस्थिति भएपनि श्रेष्ठ निर्वाचन प्रयोजनको लागि सभाकक्षको ढोका बन्द हुँदा बाहिरै बस्न बाध्य भएकी हुन् । निर्वाचनको लागि ढोका बन्द गर्नअघि सभामुख बाबुराम गौतमको निर्देशनमा ५ मिनेट मतविभाजन घण्टी बनेको थियो । घण्टी बजिसक्दा श्रेष्ठ बाहिरै रहेकोले त्यसपछि सभाकक्षको सबै ढोका बन्द भयो ।
संसद भवनको पुरानो शौचालय गएकी गएकी श्रेष्ठले शौचालय गएर फर्कँदा ढिलो भएकोले उपसभामुखको निर्वाचनमा मत हाल्न नपाएको बताइन् । मतदान चलिरहँदा उनी संसद् सचिवालयको बाहिर बसेकी थिइन् । त्यसक्रममा उनले मतदानको लाइभ मोबाइलमा हेरेकी थिइन् ।
श्रेष्ठसहित आजको बैठकमा एमालेको सांसद उमकान्त गौतम पनि अनुपस्थित थिए । उनी भने विरामी रहेकोले जानकारी दिएरै अनुपस्थित भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
उपसभामुखको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी सिर्जना दनुवार ५७ मत पाएर निर्वाचित भएकी छन् । उनको विपक्षमा ३३ मत परेको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादीका सांसदले विपक्षमा मत हालेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments