
प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग
- असार ८, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् ।
आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताउनुभयो ।
प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताउनुभयो ।
प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिह्नसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासित दमकल छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments