
प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने
- माघ २४, २०८१ मा प्रकाशित

इटहरी । इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डट कम अनलाइनले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसरमा सुनसरीमा सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। बुधवार एक सूचना जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।
नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीका अनुसार उक्त बीमा योजनाका लागि इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र इमेल वा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ।
जसका लागि प्रदेश खबरको आधिकारिक इमेल पजबदबचउचबमभक२नmबष्।िअयm मा कागजात उपलब्ध गराउन सकिने उनले जनाए ।यसै अवसरमा प्रदेश खबर डट कमले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments