
प्रदेश एक प्रहरी प्रमुखमा सुदिप गिरीकाे इन्ट्री : “समाजलाइ अपराधरहित बनाउछु”
- असार २४, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का प्रहरी प्रमुख डिआइजी (प्रहरी नायव महानिरीक्षक) सुदीप गिरीले अपराधरहित समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रदेश प्रहरी प्रमुखका रूपमा हाजिर भएर पदभार ग्रहण गरेलगत्तै बिहीबार उनले कानुनको परिधिमा रहेर जनचाहना बमोजिम प्रहरीले सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । आचरण र व्यवहारमा सुधार ल्याएर अपराधरहित समाज निर्माणमा अहोरात्र लाग्न प्रहरीलाई गिरीको निर्देशन छ ।
‘अपराधरहित समाज निर्माण अहिलेको पहिलो प्राथमिकतामा हो,’ निर्देशन दिँदै उनले भने, ‘कानुनको परिधिमा रहेर समाजमा हुने अनेक प्रकारका अपराध नियन्त्रणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’ गृह मन्त्रालयको असार १९ गतेको निर्णयअनुसार एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)बाट बढुवा भएर डिआइजी बनेका गिरीलाई सरकारले प्रदेश १ प्रहरी प्रमुखका रूपमा पदस्थापन (सरुवा) गरेको हो ।
नेपाल प्रहरीभित्र उनको विवादरहित छवि छ । यसअघि विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाजस्ता महत्वपूर्ण स्थानको जिम्मेवारी सम्हालिसकेका छन् । गिरी अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतङ्कवाद नियन्त्रणमा विशेष दखल राख्ने उच्च प्रहरी अधिकृत हुन् ।
यसअघि विभिन्न ठाउँमा भएका चर्चित र जघन्य प्रकृतिका अपराधको अनुसन्धानलाई निस्कर्षमा पुर्याउन उनी सफल भइसकेका छन् । गिरीले विभिन्न जिल्ला प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिषरमा समेत सफल नेतृत्व गरिरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments