
प्रदेश एक प्रहरीमा सुदिप गिरीकाे इन्ट्री : बिसी एआइजीमा बढुवा हुला गिरी बिराटनगर तानीए
- असार २०, २०७९ मा प्रकाशित
इटहरी । भर्खरै बढुवा भएका नेपाल प्रहरीका १७ जना डिआइजी (प्रहरी नायव महानिरीक्षक)हरुको पदस्थापन भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ बढुवा भएका डिआइजीहरुको पदस्थापन गरिएको हो ।
विभिन्न स्थानको जिम्मेवारीसहित डिआइजीहरुलाई पदस्थापन (सरुवा) गरिएको छ । प्रदेश १ प्रहरी प्रमुखका रूपमा डिआइजी सुदीप गिरीको सरुवा भएको छ । यसअघि अरुणकुमार बिसी प्रदेश प्रहरी प्रमुख थिए । उनी बढुवा भएर एआइजी बनेपछि प्रदेश १ मा डिआइजी खाली थियो ।
बढुवाको पहिलो नम्बरमा परेका बसन्तबहादुर कुँवरको प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, दोस्रोमा रहेका टेकप्रसाद राईको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, तेस्रोमा रहेका अशोक सिंहको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा सरुवा भएको छ।
त्यसैगरी कार्यरत भीमप्रसाद ढकालको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालय नक्सालमा सरुवा भएको छ। बढुवाको अन्तिम अर्थात १७ नम्बरमा परेका किरण राणाको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments