
प्रदेश एक : नयाँ सरकार गठनमा दलहरूकाे रस्साकस्सी : एमाले ठुलाे दल भएपनि पुगेन बहुमत ,कुन दललाइ कती सिट ?
- पुष ३, २०७९ मा प्रकाशित
इटहरी । १ नम्बर प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । ९३ प्रदेशसभा सदस्य रहेको प्रदेश बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश १ मा नेकपा एमालेसँग ४० सिट छ । एमाले बहुमत भन्दा ७ सिटले पछाडि छ । नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकिकृत समाजवादी पार्टीले ४ र जसपाले १ सिट जितेको छ ।
आयोगबाट निर्वाचन परिणाम औपचारिक रूपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न बाटो खुलेकोप्रदेश प्रमुख खापुङले बताए । उनले संवैधानिक व्यवस्था अनुसार छिट्टै प्रक्रिया अघि बढाउने बताए । कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२ं) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ । संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिन प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments