
प्रदेशका कारण द्रुत गतिमा काम भएका छन् : मन्त्री चापागाईं,बेलबारीकाे नयाँ पुल उदघाटन
- फाल्गुन १३, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले संघीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने र जनताको पहुँचमा रहेको बताएका छन् ।
मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुल उद्घाटनको लागि शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताए । प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरूमा जनता सहजै पुग्न सक्ने अवस्था सिर्जना भएको बताए ।
‘प्रदेश सरकार थिएन भने काठमाडौं छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिंहदरबार छिर्नुपर्ने हुन्थ्यो योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो,’ उनले भने, ‘योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन, यस्ता थुप्रै समस्यालाई प्रदेश सरकारले हल गरेको छ ।’

उनले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउने बताए । विकासका आयोजनालाई समयमा सम्पन्न गर्न गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने उनको जोड थियो ।
मन्त्री चापागाईंले मोरङको बेलबारी–४ स्थित केसलिया खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । ३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको हो ।
गीताञ्जली कन्स्ट्रक्सन प्रालि दुहबी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच पुल निर्माणका लागि ०७६ फागुन १८ गते सम्झौता भएको थियो । २ वर्षमा सक्नुपर्ने पुल कोभिडका कारण केही ढिला भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । ०७९ असार २५ गते पुल निर्माण सकिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments