
प्रतिबन्धित लागूऔषधसहित झापाबाट चार जना पक्राउ
- बैशाख २८, २०८० मा प्रकाशित
झापा । झापाको दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मेचिनगर नगरपालिका र दमक नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन् ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ बाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
चेकजाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका–५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । यसैगरी दमक नगरपालिका–३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सुगरसहित प्रहरी चौकी बाघखोरको टोलीले पक्राउ गरेको छ ।
यस्तै दमक–९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments