
पेरिस ओलम्पिक : स्पेनले जित्यो पुरुष फुटबलमा स्वर्ण
- श्रावण २६, २०८१ मा प्रकाशित

काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई ५–३ ले हराउँदै स्पेनले स्वर्ण जितेको हो ।
स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे । फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए । एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए ।
सात मिनेटपछि फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसपछि भने स्पेनले आफ्नो आक्रामक रूप प्रस्तुत गर्दै लगातार दुई गोल थप्यो । २५औं मिनेटमा लापेजले टोली र व्यक्तिगतका लागि व्यक्तिगत दोस्रो गोल गरे । त्यसको तीन मिनेटमै बेनाले अर्को गोल थपे ।
अक्लिउचेलले ७९औं मिनेटमा गोल गर्दै खेल २–३ को स्थितिमा ल्याए । इन्ज्युरी समयका माटेटाले पेनाल्टीमार्फत् गोल गर्दा खेल ३–३ को बराबरीमा पुगेको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो । १०० र अतिरिक्त समयको पहिलो इन्ज्युरी समयमा क्यामेलोले गोल गर्दै स्पेनलाई जीत दिलाए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments