
पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध उदयपुरमा प्रदर्शन
- माघ २१, २०७८ मा प्रकाशित
उदयपुर: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध प्रर्दशन गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गर्दै कोण सभा गरेको हो । जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको भन्दै केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत प्रदर्शन सहित कोणसभा गरिएको हो । जनताको दैनिक जीवनसँग जोडिने आधारभूत बस्तुको मुल्यबृद्धि गरेकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे ।
हेर्दा पेट्रोलियम पदार्थमा मात्र मूल्यबृद्धि भएको जस्तो देखिए पनि यसले चौतर्फी असर पार्ने भन्दै उनीहरुले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।
‘पेट्रोलिय पदार्थमा मूल्यबृद्धि हुँदा गाडि भाडा बढ्छ, ढुवानी खर्च बढ्छ, ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्छ, उद्योग कलकारखानाको लागत खर्च बढ्छ ।’ कोण सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य उदयपुर र ओखलढुगा ईन्चार्ज बिबेक कुमालले बताए, ‘यसले समग्र जनताको दैनिकीमा असर गर्छ । यसले जनताको चुलो चुलोमा महंगी बढाउँछ ।
सरकारले मूल्यबृद्धि नियन्त्रण गर्न भन्दा झन् बढाएकोमा आक्रोश पोखे । ‘रक्सौलमा ८४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य नेपाल किन १४२ रुपैयाँ पुग्छ ? उनले भने अहिले देशमा संसद संसद जस्तो छैन, सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन । सबैका मुख्य जड दलाल संसदीय व्यवस्या हो ’ उनले भने, ‘यो व्यवस्थामा जनताको मुक्ति सम्भव छैन । यसैगरी केही समय धकेल्न त सकिएला, समय कटाउन त सकिएला तर वास्तविक समस्याको समाधान हुँदैन् । यो व्यवस्थाको विकल्प खोज्नुपर्छ ।’
मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर रु १४२, डिजल र मट्टीतेलको प्रतिलिटर रु १२५ कायम भएको थियो । यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले एक हप्ताको आन्दोलन घोषणा गरेको थियो । शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम रहेको जनाएका छन । कोण सभामा जिल्लास्थित जनबर्गिय संगठनका नेता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नगर ईन्चार्जहरुको उपस्थिति रहेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments