
पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोज्दै रुसी सेना
- चैत्र २०, २०७८ मा प्रकाशित
किभ: युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के हो ? उनीहरुले पूर्वमा दोनबास र दक्षिणी युक्रेनलाई नियन्त्रणमा लिन चाहन्छन् । ’
आफूहरुको उद्देश्य देशको रक्षा गर्नु भएको उनले बताए । ‘हाम्रो लक्ष्य के हो त ? हामी आफैलाई, हाम्रो स्वतन्त्रता, हाम्रो भूभाग र हाम्रा नागरिकहरुको रक्षा गर्नु हो । ’, उनले भने ।
रुसी सेनाले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिओपोललाई रक्षा गर्न सफल भएकोमा उनले युक्रेनी फौजको प्रशंसा गरे । मारिओपोल र अन्य युक्रेनी शहरहरूमा युक्रेनी प्रतिरोधले किभलाई ‘अमूल्य समय’ प्राप्त गर्न अनुमति दिएको र रुसी सैन्य क्षमतालाई कमजोर बनाउन मद्दत गरेको उनको भनाई थियो ।
यसै साताको सुरुममा रुसले राजधानी किभ र उत्तरी सहर चेर्निभ वरपर सैन्य कारबाही ठूलो आकारमा घटाउने र यसको सट्टा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्ने बताएको थियो । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments