
पूर्ववर्ती सरकारका बाँकी काम पूरा गर्ने इटहरी ४ को वडाध्यक्षका एमाले उम्मेदवार भक्त तामाङको प्रतिबद्धता
- बैशाख २१, २०७९ मा प्रकाशित
इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका भक्त तामाङले एमालेको २०७४ मा निर्वाचित वडाध्यक्षले गर्न बाँकी कामलाई आफूले पूर्णता दिने बताएका छन् ।
उनले वडाध्यक्षमा आफू विजयी भएमा े बाटो नपुगेका ठाउँमा बाटो पुर्याउने, खानेपानी घरघरमा पुर्याउने र जनताका हरेक समस्या समाधानमा आफू अग्रसर भएर काम गर्ने प्रतिबद्धता पनि जनाए । यसैगरी, निजी विद्यालयका सञ्चालकहरुसंग लबिङ गरेर गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्ता गर्ने समेत बताए । साथै सामुदायिक विद्यालयलाई थप स्तारोन्नति गर्ने उनको योजना छ । स्वास्थ्य चौकीको विकास गर्ने र वृद्धवृद्धालाई सुविधासहित चेकजाँच गर्ने सोच पनि उनले राखेका छन् ।
यसका साथै युवा स्वरोजगार अन्तर्गत सक्षम युवालाई रोजगार दिने र वैदेशिक रोजगारमा जाने युवालाई यहीँ रोजगारको अवसर सिर्जना गरेर विदेश जानबाट रोक्ने समेत उनले बताए । २०४३ साल देखि उनी यातायात मदजुर क्षेत्रमा काम गर्दथे । सोही क्रममा उनले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुँदै राजनितिक यात्रा सुरु गरे । काम गर्दै आउने सिलसिलामा उनी उक्त संगठनको इकाई, अञ्चल, जिल्ला कमिटि हुँदै केन्द्रिय कमिटिको उपाध्यक्ष समेत भए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा नेकपा एमालेको भात्री संगठन हो । हाल भने उनी नेकपा एमालेको एक नम्बर प्रदेश कमिटि सदस्य छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments