•  ९ चैत्र २०८१
  •  4:31:11 AM

पूर्वमा शक्तीसाली भुकम्पकाे धक्का महसुस

- फाल्गुन १६, २०८१ मा प्रकाशित



इटहरी । संघीय राजधानी काठमाडाै लगायत पूर्वी नेपालमा शुक्रबार बिहान शक्तीसाली भुकम्पकाे धक्का महसुस गरिएकाे छ । शुक्रबार  राती २ बजेर ५१ मिनेट जाँदा शक्तीसाली भुकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिर निस्किएका थिए । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित खवर