
पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयाेग गरे मेलम्ची खानेपानीकाे गाडी, साढे सात लाखकाे मर्मत बिल मेलम्चीमा
- चैत्र २, २०७८ मा प्रकाशित
सिन्धुपाल्चोक: पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे छ । सांसद तामाङले एक वर्ष चढेकाे बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेकाे पाइएकाे हाे । गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन् ।

उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ । गाडी मर्मतमा ७ लाख ६५ हजारकाे स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ ।
मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन् । उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयाे, बुझ्नुपर्छ ।’
ग्यारेजमा यसरी थन्किएको छ गाडी
सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीकाे गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेकाे छ ।
मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो । पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेकाे तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments