
पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रधानमन्त्रीलाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?
- चैत्र १९, २०७८ मा प्रकाशित
काठमाडौं: पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा. लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र.म. देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’
प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गरेका छन् ।
प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् ।
उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments