
पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्था र्विश्व आदर्शमा विद्यार्थीहरुको आकर्षण बढ्दो
- असार २५, २०८० मा प्रकाशित

इटहरी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् ।
यस्तै पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।
राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्लेषण गर्दा यो कलेज विगत केही वर्षदेखि प्रदेश १ मा मुख्य ५ अनि सुनसरीमा पहिलो, दोस्रो स्थानमा आउने गरेको छ । संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिएको कलेजले कक्षा ११ र १२ मा सञ्चालन गरेको साइन्स र कमर्स विषयमा विद्यार्थीहरुको संख्या थेगिनसक्नु छ ।
दक्ष तथा पुर्णकालिन शिक्षक, अनुशासित वातावरणका साथै कलेजले शैक्षिक तथा सृजनात्मक गतिविधिलाई गर्ने प्रोत्साहनका कारण विश्व आदर्श विद्यार्थीको रोजाइमा पर्ने गरेको प्रिन्सिपल गणेश दुलालको भनाई छ ।
कलेजको शैक्षिक गुणस्तर राम्रो भएकै कारण वर्षेनी राम्रो नतिजा ल्याउने गरेको छ । कलेजका विद्यार्थीहरु सरकारीदेखि गैह्र सरकारी क्षेत्रको उच्च तहसम्म पुगेका छन् भने कतिपय व्यापारको क्षेत्रमा पनि अगाडी छन् । कलेजले जेहेन्दार, विपन्न र उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति र विशेष छुटसमेत दिने गरेको छ ।
कलेजले विद्यार्थीहरुको ज्ञान र क्षमता विकासलाई मुख्य प्राथमिकता दिएको छ । त्यसैले लामो समयदेखि अविभावकहरुको विश्वास र ख्याती आर्जन गरेको छ । शिक्षा जस्तो कुरामा शिक्षालय परिवर्तन गरिरहँदा विद्यार्थीहरुलाई अध्ययन गर्न असजिलो हुने भएकोले पनि विद्यार्थीले समयमै सही शिक्षालय छनोट गर्न कलेजका अध्यक्ष लेखनाथ घिमिरे सुझाव दिन्छन् ।
उनले साथीको लहैलहैमा भर्ना हुनुभन्दा पनि सम्बन्धित कलेजमै गएर, हेर्न र निर्णय गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘म विद्यार्थीहरुलाई विश्वआदर्श कलेज आउन र हेर्न आग्रह गर्छु ।’
विद्यालयले विभिन्न सामाजिक काममा पनि अग्रसरता लिने गरेको छ । निःसहाय बाल आश्रमका बालबालिकाहरुलाई निःशुल्क पढाउनेदेखि इटहरीका १० वटा सामुदायिक विद्यालयहरुलाई प्रत्येकलाई १५ जोर डेस्क बेन्च सहयोग गरेको छ ।
यसैगरी आधुनिक प्रविधिबाट विद्यार्थीलाई प्रभावकारी ढंगले सिकाइरहेको छ । माइ सेकेण्ड टिचर प्रयोग गरी विद्यार्थीलाई सजिलो तरिकाले प्रभावकारी सिकाइको काम गरिरहेको दुलालले जानकारी दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments