
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा सफल परीक्षण
- फाल्गुन ५, २०७९ मा प्रकाशित
एजेन्सी । वैज्ञानिकहरूले पुरुषका लागि गर्भनिरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो ।
तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण रूपमा काम गरेको पाइएको छ ।
औषधिले सम्भोगका क्रममा र सम्भोगपछि तीन घण्टासम्म शुक्रकीटलाई गतिहीन बनाएर काम गरेको पाइएको वैज्ञानिकहरू बताउँछन् । २४ घण्टापछि भने औषधिले पूर्ण रूपमा काम गर्न छाडेको देखिएको छ । वैज्ञानिहरूका अनुसार यस चक्कीमा कुनै प्रकारको हर्मोनको प्रयोग गरिएको हुँदैन ।
यसले शुक्रकीटको चाललाई रोक्ने काम मात्र गर्छ । यसको प्रयोगबाट कुनै पनि प्रकारको असर नपर्ने वैज्ञानिहरूको दाबी छ ।नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्रअनुसार अनुसार मानिसमा परीक्षण सफल भएमा पुरुषहरूले यो औषधि सजिलै प्रयोग गर्न सक्ने छन् । तर, यो औषधिले यौनरोग सर्नबाट भने जोगाउँदैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments