
पुजाको प्रसाद खाएपछि मेचीनगरका ३५ जनाभन्दा बढी सिकिस्त
- भाद्र २२, २०७९ मा प्रकाशित
झापा । पुजाकाे प्रसाद खाएपछि झापा मेचीनगरका ३५ जनाभन्दा बढी सिकिस्त भएका छन् ।स्थानीयका अनुसार मेचीनगर- ६ काँकडभिट्टाका जनम थापा मगरकाे घरमा भएकाे पूजाकाे प्रसाद खाएका स्थानीय विरामी परेका हुन् ।
विरामीकाे स्वास्थ्य अवस्थाका बारेमा मेचीनगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले आम्दा मेची अस्पताल धुलावारीका प्रमुख डाक्टर पाेषणरमण त्रिपाठसँग जानकारी लिनुभएकाे छ । अधिकाँश विरामीकाे उपचार डाक्टर त्रिपाठीले गर्नुभएकाे थियाे । प्रसाद खाएर विरामी परेकाहरूलाई “फूटपाेईजन” भएकाे डाक्टर त्रिपाठीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार धेरैलाई वान्ता, झाडा पखाला हुने,ज्वराे आउने र कमजाेरी भएकाे महशुस गर्ने लक्षण देखिएकाे छ । स्थानीय तेजस्वी र मनिषा पाेलिकिल्निक एण्ड डाईग्नाेनाेष्टिक सेन्टर मेचीनगरमा विरामीकाे उपचार गरिएकाे र त्यहाँ उपचार सम्भव नभएकालाई सुविधा सम्पन्न अस्पताल रेफर गरिएकाे डाक्टर त्रिपाठीले बताउनुभयाे ।
अहिले धेरैकाे आम्दा मेची अस्पताल धुलावारी र विर्तामोड रेफर गरिएकाे छ । विरामी पर्नेमा अधिकाँश बालबालिका र महिला छन् ।उपप्रमुख उप्रेतीले प्रत्येक स्वास्थ्य केन्द्रमा पुगेर विरामीका आफ्न्तलाई भेटेर थप जानकारी लिनुभएकाे थियाे ।उहाँले मेचीनगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूलाई उपचारमा सहयाेग गर्न भन्दैँ परिचालन गरिएकाे बताउनुभयाे ।
उहाँले विरामी र आफन्तलाई यसबाट नआत्तिन र कुनै साराेगाराे परे तत्काल सम्पर्क गर्न अन्यत्र लैजानु परे नगरपालिकाकाे एम्बुलेन्ससहित अन्य संघ संस्थाका एम्बुलेन्स समेत तयारी अवस्थाम राख्ने बताउनुभयाे ।उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई उपचारमा कुनै कमि आउन नदिन उपप्रमुख उप्रेतीले सुझाव दिनुभएकाे छ । कुन खानामा “पाेईजन” पर्याे त्यसकाे थप अनुसन्धान र परीक्षण भईरहेकाे स्वास्थ्यकर्मीकाे भनाई छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments