
पिएनजीमाथि नेपालको कीर्तिमानी जित, विश्वकप छनोटमा पुग्न एक जित टाढा
- फाल्गुन २९, २०७९ मा प्रकाशित
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित निकालेको छ।
नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो।
अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।
नेपालका लागि विश्वकप छनोटमा पुग्न पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने अवस्थामा थियो। जसमा नेपालले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा पूरा गर्यो।
नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे।
त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए। उनले १४ बलमा ४ चौका र २ छक्का हिर्काए। उनले कबुआ मोरियाको दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी सन्दीप लामिछानेले पाँच विकेट लिए पछि ३२ ओभरमा ९५ रनमै अलआउट भयो।
पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए। डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए। हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए।
खराब सुरुवात गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो।
त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे। बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए।
रिली हेकुरेलाई ४ रनमा उ ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे। सन्दीपले अन्तिम विकेटको रुपमा सेमो कामिआलाई शून्यमा बोल्ड गरे।
बलिङमा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। यस्तै ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो।
आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो।
नेपालले अब बाँकी रहेको अन्तिम खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।
सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।
पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३५ खेलबाट ११ अंक छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments