
पार्टीको निर्णय नमान्नेलाई कारबाही गरिने शेखर कोइरालाको चेतावनी
- बैशाख २०, २०७९ मा प्रकाशित
सुन्दरहरैंचाः नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् ।
सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उमेद्धार प्रस्तुत भएको बताउँदै यस्ता उमेद्धारलाई पार्टीले कारबाही गर्ने बताए । नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेद्धारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ । उनले भने, जो ती उमेद्धारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ ।
नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उमेद्धारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । टिकट कसले पायो के ग¥यो छोड्नुस, यहाँ देवराज जी ले पनि त मेयरमा पाउनुभएन । उनले भने, अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी उमेद्धारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । उनिहरुले सबै वडामा काँग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन् । उमेद्धारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड समेत दिएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ सचिव जितेन्द्र गोल्छा महाधिवेशन प्रतिनिधि निरञ्जन प्रसाद रिजाल, क्षेत्र ६ क’ का सभापति दीपक भगत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments