
पार्किङ गरिएको ट्रकको आडमा युवतीमाथि सामुहिक बलात्कार, नाबालकसहित तीन जना पक्राउ
- आश्विन २९, २०८० मा प्रकाशित
मोरङ । मोरङको विराटनगरमा एक २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पीडितले दिएको उजुरीका आधारमा बलात्कार घटनामा संलग्न आरोपित तीन जना यातायात मजदूरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।
प्रहरीका अनुसार घटना शनिबार राति विराटनगर महानगरपालिका–३ मा भएको हो । आरोपीहरुले सीटी सफारीमा यात्रा गरिरहेकी ती युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरिराखेको स्थानमा पुर्याइ बलात्कार गरेको प्रहरी अनुसन्धामा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बलात्कारको क्रममा पीडित युवती चिच्याएपछि उनीहरु भागेका थिए । स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरेर आरोपीहरुमाथि थप अनुसन्धान गरिने प्रहरीले नजाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments