
पान पसलमा आगजनी हुदा धनुषाकाे तिनकौरीया तनावग्रस्त : स्थानीय र प्रहरीबीच झडप, आठ सेल अश्रुग्यास प्रहार
- चैत्र १३, २०७८ मा प्रकाशित
धनुषा । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पसलमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए । सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
प्रहरीले बाटो खुलाउन तथा बढ्दै गरेको आक्रोशको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । राति भएको आगलागीले पान पैलेस किरानाको समान तथा कपडा समेत जलेर १० लाख बढीको क्षति भएको छ ।
५० मिटरकै दूरीमा तीनकौरिया प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीय व्यापारीहरुको आरोप छ । स्थानीयहरु प्रहरीको कार्यशैलीप्रति रोष प्रकट गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीहरुको टोलि समेत पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बस्नेतले प्रहरी चौकी नजिकै घटना हुँदा पनि समयमा थाहा नपाउनु प्रहरीको कमजोरी रहेको स्वीकारे । उनले चौकीमा कार्यरत प्रहरीलाई आन्तरिक कारबाहीको तयारी समेत भइरहेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments