
पान खेतीमा रमाउँदै झापाका किसान, आयात प्रतिस्थापन गर्ने लक्ष्य
- फाल्गुन १, २०७८ मा प्रकाशित
बनियानीः झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए ।
“नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उनले भने, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।” समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो ।
समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको छ । “आयात धेरै हुने भएकाले यही जातको पानखेती गर्न थालिएको हो”, उनले भने, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”
आफूहरुले सुरु गरेको पानखेती ठूलो नभए पनि आउने पुस्ता र पानखेती गर्न चाहनेका लागि उपयोगी हुने समूहका अर्का सदस्य कृषक सन्तबहादुर तामाङले जानकारी दिए । “यसबाट अरुले सिक्ने अवसर मिल्छ”, उनले भने, “अरुलाई समेत पानखेतीमा जोड्नसके पान खरिदमा विदेशिइरहेको ठूलो धनराशि बचत हुन्छ ।”
अन्य खेतीको तुलनामा पानखेती गर्दा सुरुमा अलि बढी नै लगानी हुने भएकाले पानखेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकको जोड छ । सो कृषक समूहले सुरु गरेको पानखेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । १५ लाख लगानीमा सुरु गरेको खेतीबाट मासिक एक लाख आम्दानी भइरहेको छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पानखेती एकपटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने समूहका सदस्य त्रिलोचन खरेलले जानकारी दिए ।
झापामा मासिक चार लाख थान पानको पातको माग रहेको उनले बताए । आफूहरुले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उनले जानकारी दिए । “आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उनले भने, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाइ रुपैयाँका दरले पात किनेर लान्छन् ।” -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments