
पानीजहाज बनाउन दक्षिण काेरियाले माग्याे नेपाली कामदार : सात सय श्रमिकले दिए आवेदन
- जेष्ठ ४, २०८० मा प्रकाशित

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।
एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ ।
इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले एचआरडी कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार कामदार लैजाने योजना बनाएको जानकारी दिनुभयो । आगामी जुन महिनामा उक्त क्षेत्रका लागि आवेदन दिएका सात सय नेपाली श्रमिक लैजाने गरी तयारी भइरहेको जानकारी दिँदै निर्देशक कटुवालले दुई हजार तीन सय युवाको छनोटका लागि एक/डेढ महिनापछि नयाँ आवेदन माग हुने जानकारी दिनुभयो । उहाँका अनुसार जहाज निर्माण काममा जानेका लागि तलबसहित तालिम अनिवार्य रहेको छ । अन्य क्षेत्रभन्दा पानीजहाज निर्माण क्षेत्र जोखिमयुक्त भएकाले पनि तलब सेवासुविधा पनि राम्रो रहेको निर्देशक कटुवालले जानकारी दिनुभयो ।
हालसम्म इपिएस अन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र नेपालबाट श्रमिक माग हुँदै आएकामा अब भने नयाँ क्षेत्र थपिएको हो । नेपालबाट लैजाने युवाले काम गर्ने क्षेत्र बढाएसँगै कोरियामा थप नेपालीले रोजगारीको अवसर पाउने भएका छन् । सन् २००८ मा पहिलो पटक इपिएस लागु गर्दा नेपालबाट श्रमिक लैजाने गरी सम्झौता भएकामा बिचमा मत्स्य उत्पादन क्षेत्रमा नेपाली माग नगर्ने निर्णय भएको थियो । हाल आएर कोरियाले पानीजहाज निर्माणमा समेत नेपाली लैजाने गरी रोजगारी क्षेत्र थप गर्ने निर्णय गरेको शाखाले जनाएको छ ।
एचआरडी कोरियाले हाल उत्पादनमूलक क्षेत्रतर्फ उत्तीर्ण भई रोजगार आवेदन फाराम भरेर रोस्टरमा नाम समावेश भएका पाँच हजार तीन सयमध्ये एक हजार २१० जनालाई जहाज निर्माणमा लैजाने तयारी गरेकामा न्यून आवेदन परेका कारण पहिलो चरणमा सात सयलाई लैजाने भएको छ । पछिल्लो समय कोरियाको पानीजहाज निर्माण कम्पनीमा श्रमिक अभाव हुन थालेपछि नेपालबाट पहिलो पटक श्रमिक लैजाने तयारी गरिएको हो ।
यस अन्तर्गत स्काफोल्ड, इन्सुलेसन, ग्रेन्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी पाँच क्षेत्रमा श्रमिक लैजाने गरी तयारी गरिएको शाखाले जनाएको छ । कम्पनी अनुसार पानीजहाज निर्माणका लागि तलबसहित एकमहिने तालिम दिइने छ । पानीजहाज निर्माण क्षेत्रको रोस्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको बराबर हुने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments