
पानीको बहाव घटेसँगै भाेजपुरकाे सतीघाटमा फेरी सञ्चालन
- आश्विन १६, २०८० मा प्रकाशित

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ । भोजपुर उत्तर षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो ।
अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । उनले भने, ‘नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द भएको थियो, तर अहिले पानीको सतह कम भएकाले पुनः सञ्चालनमा आएको हो ।’
फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आइरहेको थियो । गत जेठबाट अरुण नदीमा सञ्चालित फेरी बन्द भएको थियो । फेरी बन्द भएका कारण तराईका जिल्लासम्म सहजरुपमा यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको स्थानीय सौगात गौतमले बताए ।
उनले भने, ‘दसैं लगायतका चाडपर्व नजिक रहेको अवस्थामा फेरी पुनः सञ्चालनमा आएको छ, यसले सहजता कायम गरेको छ ।’ अरुण नदीको बहाव पूरै नघटुञ्जेलका लागि अहिले हलुका सवारी साधनमात्र फेरीमार्फत आवतजावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ । नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढेपछि फेरी सेवासमेत बन्द हुने अवस्था छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments