
पानवारीलाइ नयाँ शहर बनाउने एमाले उम्मेदवार भण्डारीको प्रतिबद्धता
- बैशाख २७, २०७९ मा प्रकाशित
धरानः नेकपा एमालेका मेयरका उमेद्वार मञ्जु भण्डारी सुबेदीले पानवारीलाई पूर्वाधारयुक्त नयाँ शहरको रुपमा विकास गरिने बताएकी छन् ।
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको घर दैलो अभियानका क्रममा धरान–६ पानवारी पुगेकी भण्डारीले यस्तो बताएकी हुन् । मेयरका प्रत्यासी भण्डारीले पानवारीलाई अब पूर्वाधारयुक्त नयाँ शहरको रुपमा विकास गरिने प्रतिबद्धता जनाइन् ।
‘पानवारीलाई हामी नयाँ शहरको रुपमा विकास गर्ने योजना बनाएका छौ उनले भनिन् ‘पानवारीलाई ग्रामिण शहर हैन सुबिधायुक्त नयाँ शहरको रुपमा विकास गछौ ।’ आफु कार्यबाहक मेयर हुँदा पानवारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइन् ।
उनले पानवारीमा खानेपानीको दिर्घकालिन व्यावस्थापनको लागि डिपिआर तयार भरइसकेको बताउँदै अब बजेटको व्यवस्था गरेर प्राथमिकतामा राखेर काम अगाडी बढाउने प्रतिबद्धता जनाइन् ।
‘पानवारीको खानेपानीको दिर्घकालिन व्यावस्थापनको लागि डिपिआर तयार भइसकेको छ, उनले भनिन् ‘यस वडालाई प्राथमिकतामा राखेर बजेटको व्यावस्था गरेर खानेपानीको काम अगाडी बढाउँछौ ।
घर दैलो गर्ने क्रममा स्थानीयको उल्लेख्य साथ पाएपछि उत्साहित हुनुभएको भण्डारीले भनिन् ‘सुर्यमा मत दिएर एमालेलाई जिताउँनुस् पानवारीको विकासमा कुनै कसर बाँकी नराखी काम गछौ ।’
एमालेकै उपमेयरका उमेद्वार पदम लिम्बुले पानवारीलाई औधोगिक ग्रामको रुपमा विकास गर्ने योजना अनुरुप काम भइरहेको बताए । उनले औधोगिक ग्राम स्थापना भएपछि स्थानीयलाई रोजगारीको सिर्जना हुने र धरानको आर्थिक स्रोतको रुपमा पानवारीले ठूलो टेवा दिने बताए ।
‘पानवारीलाई औधोगिक ग्रामको रुपमा विकास गरेर स्थानीयलाई रोजगारीको सिर्जना गछौ उनले भने ‘धरानको आर्थिक स्रोतको रुपमा पानवारीले ठूलो टेवा पु¥याउछ भन्ने मैले ठानेको छु ।
वडा नं. ६ का वडाध्यक्ष हरि राईले संघ प्रदेश र नगरपालिकासँग सहकार्य गरेर पानवारीलाई पूर्वाधारयुक्त नमना शहर बनाउने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय पानवारामा युवाहरुमा दुव्र्यशन बढेको भन्दैं त्यसलाई नियन्त्रण गदैं बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गरिने उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments