
पाथीभरा स्कुलमा विद्यार्थीको प्रयोगात्मक अभ्यासहरुको एक्जीबेसन समपन्न
- आश्विन ७, २०८१ मा प्रकाशित

इटहरी । पाथिभरा सेकेण्डरी स्कुललले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीको प्रयोगात्मक अभ्यासहरुको एक्जीबेसन समपन्न गरेको छ ।
कक्षा ६ मा अध्यनरत विद्यार्थीलाई लक्षित गरी पाथिभरा सेकेण्डरी स्कुलले पहिलो पटक कारखाना सायन्स सञ्चालन गरिरहेको र विद्यार्थीले आफना अभिभावकहरुकै उपस्थितीमा साइन्सको अभ्यासको प्रर्दशन गरेका थिए ।
आफना छोराछोरीले विद्यालयमा गरेको साइन्स विषयको प्रयोगात्मक अभ्यासको विद्यार्थीहरु आफैले अभिभावकहरुले हेर्न पाउदा दगं भएका छन ।
कतिपय अभिभावकहरुले आफुहरुले पढ्ने समयमा अन्दाजको भरमा पढ्नु परेको र अहिले आफना नानी बाबुहरुले साइन्स किटको माध्यमबाट अभ्यास गरेको सामाग्रीहरु प्रत्यक्ष हेर्न पाउदा खुसी लागेको अभिभावकहरुले बताएका छन् ।
विद्यार्थीलाई अझ धेरै वुझाउन सकियोस भनेर कारखाना साइन्स सञ्चालनमा ल्याइएको र विद्यार्थीले पहिलेको तुलनामा अहिले अझै धेरै राम्रोसंग वुझने गरेको साइन्स टिचर शंकर खड्काले जानकारी दिए ।
विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप साथै नयाँ नयाँ शैक्षिक शुत्रका रुपमा प्याक्टिकल गर्दै सहज रुपमा विद्यार्थीले वुझ्ने विधीहरु पनि अपनाउन थालिएको पाथिभरा सेकेण्डरी स्कुलका प्रधानध्यापक डाक्टर गोपाल नेवार श्रेष्ठ बताए ।
त्यस्तै साइन्स एक्जीबेसनमा कारखानाका इभेन्ट कोडिनेटर सम्यकराज भण्डारी र अमन बज्रचार्यले विद्यार्थीहरुलाई साइन्स कारखाना बक्समा भएका सामाग्रीहरुको प्रयोगात्मक अभ्यास गराएका थिए ।
स्कुलले समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको र पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको पाथिभरा सेकेण्डरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments