
पाथीभरा केबलकार विवाद : झापामा बन्दकर्ता र प्रहरीबीच झडप : प्रहरीले हान्यो अश्रुग्यास, १० जना पक्राउ
- माघ २०, २०८१ मा प्रकाशित

झापा । झापामा पाथीभरामा केबलकारको विरोधमा आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए ।
त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो र दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।
यता सडकमा यातायात अवरोध गर्दै हिँडेका तीन जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी चार जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments