
पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे
- बैशाख २७, २०८० मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ भेटी सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको वैशाख १ सम्म मात्र दुई करोड सात लाख १९ हजार ३०८ रुपियाँ सङ्कलन भएको हो ।
समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालु आवमा सङ्कलन भएको भेटी अन्तर्गत पाथीभरामा भक्तजनले चढाएको रकमबाट एक करोड ५६ लाख ९७ हजार २४० रुपियाँ रहेको छ । यस्तै विभिन्न दाताको सहयोगबाट ११ लाख ३१ हजार ६७७ रुपियाँ, सिक्का सटहीबाट सात लाख ५० हजार छ सय रुपियाँ र भारतीय रुपियाँ (भारु) सहटीबाट सात लाख दुई हजार तीन सय रुपियाँ रकम सङ्कलन भएको जानकारी उहाँले दिनुभयो ।
उहाँका अनुसार बैङ्कमा मौज्दात (बचत) रकमको ब्याजबाट चालु आवभित्र वैशाख १ सम्ममा २४ लाख ३७ हजार ४९१ रुपियाँ सङ्कलन भएको छ । यता भेटी रकम सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँमध्येबाट चैत मसान्तसम्म ४८ लाख आठ हजार ९८५ रुपियाँ खर्च (व्यय) भएको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । कर्मचारी तलबभत्ता, सुरक्षाकर्मी परिचालन, भेटी रकम सिक्का र भक्तजनले चढाएका अन्य धातुजन्य सामग्री व्यवस्थापन तथा ढुवानीमा खर्च भएको समितिले जनाएको छ ।
समितिका अनुसार पाथीभरामा तीन पुजारीसहित करार सेवामा १६ जना कर्मचारी कार्यरत छन् । कार्यकारी निर्देशकबाहेक सबै कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब सुविधा प्रदान गर्ने गरिएको छ । आन्तरिक स्रोतबाट हुने तलबभत्तामा मात्र मासिक चार लाख ११ हजार ६३० रुपियाँ खर्च हुने गरेको समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो ।
पाथीभरामा भक्तजनको आगमन जति बढी हुन्छ, सोहीअनुसार आम्दानी अर्थात् भेटी सङ्कलन पनि वृद्धि हुने गरेको समितिले जनाएको छ । यस वर्ष तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी सङ्कलन पनि वृद्धि हुनसक्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments