
पाँचथरमा सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण : अपराधिक गतिविधी राेक्न निर्देशन
- चैत्र २, २०७९ मा प्रकाशित
पाँचथर । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मङ्गलबार निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिनुभयो ।
सो क्रममा सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो । यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय चोरी, सिकार र निकासीसमेत हुने गरेको स्थानीयवासीले गुनासो गर्ने गरेका छन् ।
दुई वर्षअघि यस क्षेत्रको चिवाभञ्ज्याङ र लामपोखरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनापछि भारतीयले निर्वाधरुपमा नेपाली भूमिको उपभोग गर्ने, नेपाली जडीबुटी तथा वन्यजन्तुको सिकार गर्नेक्रम भने घटेको छ ।
निरीक्षणमा प्रजिअ गैरेसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडा, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख अइन्द्रराज नेम्वाङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख तुलसी कट्टेल सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस जिल्लाको भारतसँग ४५ किलोमिटर सीमा क्षेत्र जोडिन्छ । पाँचथरमा मात्रै सशस्त्र प्रहरी बलका चार स्थानमा विओपी स्थापना गरिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments