
पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदी–बहिनीको मृत्यु
- जेष्ठ ३, २०८० मा प्रकाशित

पाँचथर । पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदी–बहिनीको) ज्यान गएको छ । आज (बुधबार) मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवामा मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।
ट्याक्टरबाट खस्दा स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि चक्काले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।
दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्याक्टर छाडेर फरार भएका छन् । अन्य दुई जना विद्यार्थी पनि घाइते भएका छन् । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments