
पाँचथरमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
- श्रावण ११, २०८० मा प्रकाशित

पाँचथर । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका -५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई थप उपचारका लागि झापा लगिएको थियो।
दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको मंगलबारनै मृत्यु भएको थियो भने फिदिम नगरपालिका–१० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो।
झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १४ जना घाइते भएका थिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments