
पाँचथरका बाढी पीडितलाई तुइनबाट राहत पठाइयो
- असार ७, २०८० मा प्रकाशित
फिदिम । जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।असार ४ गते विस्थापित भएका उनीहरूलाई हेवा खोलामा तुइन टाँगेर खोला पारी बुधवार साँझ पहिलो पटक राहत सामग्री पठाइएको हो ।
जिल्ला सदरमुकाम फिदिमदेखि १६ कोष टाढा रहेको खोला घारी चोकमा २२ घरका ९० जना विस्थापित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । पहिरोका कारण विस्थापित भएका नागरिक स्थानीय लेखनाथ राई र मोहन राईको आँगनमा त्रिपाल टाँगेर बसेका छन् ।
विस्थापित नागरिकले खाद्यान्न सकिएको भन्दै फोन गरेपछि उपाय झिकेर सामग्री पठाइएको प्रजिअ मग्रातीको भनाई छ ।तुइन बनाउन १२० मिटर लट्ठा र त्यसको दोब्बर डोरी प्रयोग गरिएको छ । एक पटकमा ९० किलो सामग्री तार्न सकिन्छ । तुइन बनाउन उद्योग वाणिज्य सङ्घ,प्रहरी र प्रशासनले सहकार्य गरेका हुन । गाेरखापत्र दैनिकबाट

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments