
पहिलो पटक अस्ट्रेलिया पुगेकी रचना भन्छिन : जति विकास भएपनि मेरो जन्मभूमि भन्दा राम्रो छैन
- श्रावण १२, २०७९ मा प्रकाशित
सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।
केबीसी अस्ट्रेलियाको आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा भएको छ ।आज गायिका रचना रिमाल तास्मानियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाईभमा चुईगम चपाई रहेकी हुन्छिन् ।
उनको साथमा आयोगक चिरञ्जिवी देवकोटापनि देखिन्छन् । लाईभमा उनलाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेकअप नगर्ने काहिलेकाही मात्र कार्यक्रममा गर्ने गरेको बताइन् ।
लाईभमा नै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलिया भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।रचनाको अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेलाबेला गीत गाएकी थिइन् । चुइगम चपाईरहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।
अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।
अगस्ट १ मा मेलबर्नमा कार्यक्रम हुनेछ भने अगस्ट ५ मा राजधानी क्यानबेरामा कलाकारहरुले प्रस्तुती दिनेछन् ।अगस्ट ६ का दिन अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीज मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ ।
यसपछि अगस्ट ८ मा एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोमपोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अस्ट्रेलिया टुर सम्पन्न हुनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments