
पहिरोपीडितलाई राहत वितरण
- श्रावण १९, २०८० मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो ।
मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले जानकारी दिए । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ ।
सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग सङ्कलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।
गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए । रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments