
पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता : ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मा दिइने
- भाद्र २७, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरूमा कार्य गर्ने चिकित्सकहरुलाई आकर्षक सुविधासहित प्रोत्साहन गर्ने निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहित गर्न सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ ।
दुर्गम तथा पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको र त्यहाँ जान नमान्ने प्रवृत्तिमा कमी ल्याउन प्रदेश सरकारले मासिक १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने गरी नयाँ कार्यविधि बनाएको हो ।
प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका छन् । प्रदेश सरकारले कार्यविधि कार्यान्वयन भएसँगै चालु वर्षबाटै प्रदेश १ को ११ वटा पहाडी जिल्लामा काम गर्ने चिकित्सकहरुले प्रोत्साहन भत्ता पाउने स्वास्थ्य मन्त्री जयराम यादवले बताए ।
सहरका अस्पताल मात्र सुधार गरेर स्वास्थ्य सेवा सुधार नहुने भन्दै गाउँका अस्पताललाई पनि सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै सरकारले विशेष निर्णय गरेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले पहाड तथा दुर्गम जाने चिकित्सकलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने गरी कार्यविधि बनाएको हो । संखुवासभा, सोलुखुम्बु, ओखलढुंङ्गा, खोटाङ्ग, भोजपुर, ताप्लेजुङ्ग, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई समान प्रोत्साहन भत्ता दिने कार्यविधिमा उल्लेख छ । उक्त अस्पतालमा काम गर्ने ११ औं तहको चिकित्सकलाई मासिक १ लाख ५० हजार, ९ र १० औं तहका चिकित्सकलाई १ लाख ३५ हजार र ८ औं तहको चिकित्सकलाई १ लाख २० हजार रुपैयाँ दिइने छ ।
यस्तै धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने चिकित्सकको प्रोत्सान भत्ता सरकारले घटाएको छ । ती जिल्लाका अस्पतालमा खटिने ११ औं तहको चिकित्सकलाई ७५ हजार, ९ र १० औं तहका चिकित्सकलाई ६८ हजार र ८ औं तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता पाउनेछन् । स्थायी चिकित्सकको हकमा ६० देखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने सरकारले निर्णय गरेको छ ।
छात्रवृत्ति करारमा आएका चिकित्सकको हकमा भने प्रदेश सरकारले प्रोत्साहन भत्ता घटाएको छ । संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्ग, खोटाङ्ग, भोजपुर, ताप्लेजुङ्ग, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरुमा खटिने छात्रवृत्ति करारमा आएका ११ औं तहका चिकित्सकले मासिक ७५ हजार रुपैयाँ पाउनेछन् भने ९ र १० औं तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् । धनकुटा, उदयपुर र इलाममा खटिने करार छात्रवृत्तिमा आउने ११ औं तहका चिकित्सकले ३८ हजार र ९ र १० औं तहका चिकित्सकले ३४ हजार रुपैयाँ मात्र प्रोत्सान भत्ता पाउनेछन् ।
३० दिन काम गरेका चिकित्सकले सतप्रतिशत भत्ता पाउने
सरकारले महिनामा ३० दिन काम गर्ने चिकित्सकलाई शतप्रतिशत भत्ता दिने र १५ दिनभन्दा कम काम गरेमा त्यस्तो भत्ता नपाउने व्यवस्था गरेको छ ।अस्पतालमा महिनामा तीन दिनभन्दा कम काम गरेको पाइएमा प्रतिदिन ३.५ प्रतिशतका दरले रकम कट्टा गरेर भुक्तानी दिने कार्यविधिमा उल्लेख छ ।प्रदेश सरकारले दिने प्रोत्साहन भत्ता विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तराइको सुनसरी, मोरङ र झापा जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालहरूले उक्त प्रोत्सान भत्ता पाउँदैनन् । प्रदेश १ मा प्रदेश सरकार मातहतका कोशी कोभिड अस्पतालसहित १५ वटा अस्पताल रहेका छन् । ती अस्पतालमा ५६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । पहाडी जिल्लाहरूमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नजाने गरेकै कारणले सरकारले प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments