
पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती
- फाल्गुन १७, २०७८ मा प्रकाशित
काठमाडौं: माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ ।
२०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड सरकारका तत्कालीन संस्कृतिमन्त्रीसमेत रहेका किरातीले पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्ति गर्दा विवाद भएको थियो । त्यतिबेला किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महाबलेश्वरले राजीनामा दिएका थिए ।
आफूलाई काम गर्न अप्ठेरो परेको कारण देखाउँदै भट्ट बाहिरिएका थिए । उनले राजीनामा दिएपछि मन्दिरका अन्य दुई जना पुजारीले पनि राजीनामा दिएका थिए ।
पुजारीहरूले राजीनामा दिएको दुई महिनापछि सरकारले पशुपतिनाथको मूल पुजारीमा नुवाकोटका डा.विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो । तर उक्त नियुक्तिको व्यापक विरोध हुनुका साथै मन्दिरको पूजाआजा पनि अवरुद्ध भएको थियो । माओवादी कम्युनिस्ट पार्टी नेपालको संरक्षक किरातीले नेपालीले नै नेपाली पुजारीको विरोध गर्दा भारतीय पुजारीले स्थान पाएको बताए ।
‘आफ्नै देशमा योग्य पुजारी हुँदाहुँदै भारतबाट झिकाउनुपर्ने अवस्था आउनु दुखद हो साथै पशुपति क्षेत्र विकास ऐन २०४५ विपरीत पुजारी नियुक्ति भएको छ । पशुपती क्षेत्र विकास सञ्चालक परिषदको पदेन सदस्य नेपाली नागरिक हुनुपर्ने ऐनमा व्यवस्था भएको स्थानमा भारतीयलाई ल्याएर राख्दा म संस्कृतिमन्त्री हुँदा विरोध गरेको थिए । तर नेपालीलाई नियुक्ती गर्दा नेपाली जनताले नै विरोध गरे,’ किरातीले न्युज कारखानासँग भने, ‘म कम्युनिस्ट हुँ पूजाआजा र धर्म मान्दिनँ, तर आस्था राख्ने नेपालीले आफ्नै देशको पुजारीलाई मन्दिरमा देख्न पाउन् भन्ने मेरो उद्देश्य थियो, तर विरोध भयो र भारतीय पुजारीकै निरन्तरता छ ।’
पशुपति मन्दिरलाई भारतीय सांस्कृतिक उपनिवेशको अखडा बनाइएको किरातीको आरोप छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments