
पद्मसुन्दर लावतीको त्यागले कमल थापा अध्यक्ष भएका थिए
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री भएका कमल थापा ‘भारी मन र पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन् । ‘राष्ट्रियता एकता पार्टी’, ‘राष्ट्रिय हिन्दुवादी पार्टी’लगायत नाममाथि छलफल भइरहेको स्रोत बताउँछ ।
३१ वर्ष राप्रपामा बिताएका थापाले स्थापना गर्न लागेको पार्टीको नाम जे रहे पनि उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता भने हुन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर उनी राम्रो राजनीतिक सुझबुझ भएको हिन्दुवादी नेता मानिन्छन् । उनको अभिव्यक्ति कलाको तारिफ गर्नेहरू पनि छन् । तर, पार्टी फुटाइरहने र सत्तामा जानैपर्ने नेताको रूपमा पनि चिनिन्छन् ।
उनै नेता थापालाई भने पूर्वपञ्चहरूको लाइनबाट अध्यक्ष बनाएर स्थापित गर्न सहयोग पु¥याउने नेताहरू भने रवीन्द्रनाथ शर्मा, पदमसुन्दर लावती र राजेश्वर देवकोटा हुन् । तिनै नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापना गरेका थिए । संस्थापक अध्यक्ष भए शर्मा । पार्टीे स्थापनाको उद्देश्य राजा ज्ञानेन्द्रलाई समर्थन गर्न रहेको थियो ।
सूर्यबहादुर थापाको लोकेन्द्रबहादुर चन्दसँगै पशुपतिशमशेर जबरालगायत नेतासँग खटपट थियो । अन्ततः सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी स्थापना गरे । र, २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनअघि तीन नेताले थापालाई राप्रपा नेपालको अध्यक्ष बनाए ।
शर्मा र देवकोटाको जोड भने लावतीलाई अध्यक्ष बनाउने भन्ने रहेको, तर लावतीले थापालाई अघि सारेकोे राप्रपाका पुराना नेता डा.गोविन्द खानियाँ बताउँछन् । शर्मा, लावती र देवकोटा दिवंगत भइसकेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments