
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
- पुष २०, २०८१ मा प्रकाशित

इटहरी । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनको मृत्युको कारण खुलिसकेको छैन । तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए । नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।
करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए । हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments