
पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुगेका सांसद सिंहले भने– सिंहदरबारबाटै निषेधित क्षेत्र तोडेर देखायौँ
- बैशाख ७, २०८२ मा प्रकाशित

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले आफूहरुले सिंहदरबारमै निषेधित क्षेत्र तोडेर देखाएको बताएका छन्।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सिंहदरबारभित्रै प्रदर्शन गरेका उनी पक्राउ पर्नबाट जोगिएर बानेश्वर पुगेका थिए।
बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनबाट सिंहले भने, ‘हामीले अस्तिनै भनिसकेका थियौं, निषेधित क्षेत्र तोड्छौं। हामीले त प्रधानमन्त्री बस्ने कार्यालय, गृहमन्त्री बस्ने कार्यालय, सिंहदरबारबाट तोडिकन देखाइदिएका छौं।’
पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहरदरबार भित्रै प्रदर्शन गरेका थिए।
त्यहाँ पुगेर उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए। अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो। तर, त्यसलाई नसुनेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments