
पक्राउपछि राप्रपा अध्यक्ष लिङदेनले भने–हामी सबै थुनिन तयार छौं
- बैशाख ७, २०८२ मा प्रकाशित

इटहरी ।प्रहरीले पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले गिरफतार गरी गाडीमा हालेको थियो । उनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’
प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए। अध्यक्ष लिङ्देनले सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका छन्।
‘सरकारले बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने, स्वभाविक अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन् झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ,’ उनले भने, ‘त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरौं भनेर हामीले प्रतिकात्मक रूपमा कार्यक्रमको आयोजना गरेका छौं ।’ उनले आफूहरूको आवाज सरकारले सुन्नुपर्ने बताएका थिए। उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणाको रिहाइको माग समेत गरे । उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया जनाएपछि सिंहदरबार गेट नजिकै नाराबाजी समेत गरेका थिए । त्यसपछि प्रहरीले लिङ्देन र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments