
‘न्यू इअर विथ न्यू एअरपोर्ट’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, व्यावसायिक उडानका लागि जजिरा एयरवेजको प्रस्ताव
- चैत्र १, २०७८ मा प्रकाशित
भैरहवा: गौतमबुद्ध विमानस्थलको व्यावसायिक उडानका लागि कुवेतको जजिरा एयरलाइन्सले प्रस्ताव पठाएसँगै अन्य देशको पनि चासो बढेको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) बिहीबार प्राधिकरणले सार्वजनिक गरेको थियो ।
एआइपी भनेको विमान अन्तर्राष्ट्रिय उडानका लागि योग्य छ भनी जारी गरिएको सूचना हो । बुद्ध पूर्णिमादेखि व्यावसायिक उडानको तयराीमा रहेको विमानस्थलका लागि प्राधिकरणले वेबसाइटमार्फत सूचना जारी गरेपछि कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत नियमित उडानका लागि प्रस्ताव निवेदन पठाएको होे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले अन्तर्राष्ट्रिय उडान भर्नग जजिरा एयरवेजले नागरिक उडड्यन प्राधिकरणलाई इमेलमार्फत प्रस्ताव पठाएको बताए । अन्य देशका एयरलाइन्स ओबान, थाइल्यान्ड, हिमालयनलगायतले उडानका लागि चासो राखे पनि एआइपी जारी भएपछि पहिलो एयरलाइन्सको रूपमा जजिराले औपचारिक प्रस्ताव पठाएको हो । यान्त्रिक परीक्षण उडानपछि एरो थाईले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाएको १० दिनपछि प्राधिकरणले एआइपी सार्वजनिक गरेको थियो ।
‘न्यू इअर विथ न्यू एअरपोर्ट’ अनुसार आगामी १ वैशाखदेखि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने तयारी छ । विमानस्थलले अबको केही दिनमै नागरिक उड्डयन संगठन (आइकाओ)को सर्टिफिकेटसमेत पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको छ ।
विमानस्थल सञ्चालन तथा व्यवस्थापनका छलफल भइरहेको र प्राधिकरणबाटै कर्मचारीहरू समेत व्यवस्थापन भइरहेको छ । विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले भने ।
अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकायलगायतसँगको छलफलपछि २ जेठमा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको विमानस्थलका महाप्रबन्धक दाहालले बताए । १ वैशाखमा परीक्षण उडानका तयारी भइरहेकोमा १५ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा हुने दाहालले बताए ।
कुवेतका लागि जजिराले कठमाडौंबाट दैनिक उडान भर्दै आएको छ । जजिराले कुवेतबाट भैरहवा र भैरहवाबाट कुवेत दैनिक उडानका लागि निवेदन दिएको छ । २ जेठमा बुद्ध जयन्तीको अवसर पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्ने प्रस्तावमा उल्लेख छ ।
एआइपी जारी गरेपछि सुझाव लिन ४५ दिनसम्मको समय रहन्छ । यो समयमा त्रुटि सच्याउने, जानकारी थप्नेलगायतको काम गर्न सकिन्छ ।
प्राधिकरणले यसैलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई पठाउनुपर्छ । आइकाओ संयुक्त राष्ट्रसंघ मातहतको विशेष निकायहो यसले विश्वभरको हवाई सेवा विकास र व्यवस्थापन गर्ने गर्छ । नेपाल पनि आइकाओको सदस्य हो, नेपालको अनुरोधअनुसार आइकाओले विश्वभरका वायुसेवालाई नयाँ विमानस्थल थपिएको जानकारी दिन्छ यो अनिवार्य प्रक्रिया हो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा आकस्मिक अवतरण गर्न बाटो खुला हुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको जहाज भारत र बंगलादेश डाइभर्ट भएर जाने बाध्यता छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विकल्पको रूपमा हुनेछ । कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेमा यहाँ डाइभर्ट गरिन्छ । भैरहवा विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि उडान अवतरण हुन्छ, त्यस्तै तीन किलोमिटर रनवेका कारण पनि अब जहाज नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्था अन्त्य हुनेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments