
न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजी प्रक्रिया अघि बढाएकोमा प्रेस चौतारीको आपत्ति
- फाल्गुन ३, २०७८ मा प्रकाशित
काठमाडौं: सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजीको प्रक्रिया अघि बढाएको प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप सञ्चारमाध्यमहरूले न्यूनतम पारिश्रमिक अझैसम्म पनि उपलब्ध नगराएको अवस्थामा समितिनै खारेजीको प्रक्रिया अघि बढाएकोमा गम्भीर ध्यायानर्षण भएको जनाएको छ ।
चौतारीद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘महँगी र बजार भाउअनुसार वैज्ञानिक तलबमान निर्धारण हुन नसकेको अवस्थामा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’को काम र अधिकारको दायरा फराकिलो बनाएर लैजानु पर्नेमा खारेजी प्रक्रिया सुरु गर्नु श्रमजीवी पत्रकारहरुको लागि बिडम्बनापूर्ण हो ।’ श्रमजीवी पत्रकारहरूको संघर्षको जगमा श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ (पहिलो संशोधन–२०६४) को दफा ११ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समिति २०६४ मा गठन भएको थियो ।
समितिलाई सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्न र न्यूनतम पारिश्रमिक आवश्यकताअनुसार पुनरावलोकन गरेर नेपाल सरकार समक्ष सिफारिश गर्ने अधिकार छ । यसको साथै निर्धारित न्यूनतम पारिश्रमिक कार्यान्वयन र श्रमजीवी पत्रकारहरूको हितमा यो समिति क्रियाशिल छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments