
नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
- आश्विन ३, २०८१ मा प्रकाशित

काठमाडौं । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सरकारले धरहरा खुला गरेको हो ।
शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउन्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।२०७२ को भूकम्प गएको नौं वर्षपछि धरहरा सर्वसाधरणका लागि खुला गरिएको हो । निःशुल्क प्रवेश गर्न मजबचजबचब।नयख।लउ बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकट लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न दिइनेछ ।
उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्युआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ । एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने छन् । त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
संविधान दिवसको अवसरमा खुला गरिए पनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments