
‘नो केबलकार’ पक्षले पनि बनायो वार्ता समिति
- माघ २१, २०८१ मा प्रकाशित

इटहरी । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।
अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य छन् । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद र आन्दोलन चर्किएको छ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।
झडपका क्रममा गोली लागेका दुई आन्दोलनकारीसहित तीन जनालाई आइतबार विराटनगर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकमार्फत् थप उपचारका लागि काठमाडौं लगिएको थियो । गएको शनिबार बेलुका ६ बजेपछि भएको झडपमा कम्तीमा १९ प्रहरी घाइते भएका थिए ।
उक्त घटनामा तेह्रथुमको म्याङलुङ बजारका ३६ वर्षीय यामबहादुर लिम्बूको तिघ्रा र पाँचथरको मिक्लाजुङका १८ वर्षीय सगुन लावतीको कुममा प्रहरीले चलाएको गोली लागेको थियो । झडपका क्रममा भिरबाट लडेका ताप्लेजुङ बस्ने धर्म पालुङ्वाको कुम (ब्यूटी बोन) मा चोट लागेका कारण उनी पनि गम्भीर छन् ।
सोही घटनाको विरोधमा आन्दोलनरत विभिन्न संघसंस्थाहरूले मेची राजमार्ग र तमोर करिडोरको सडकमा अनिश्चितकालका लागि यातायात बन्दको घोषणा गरेका छन् । वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्न तयार रहेको बताए पनि समितिले बन्द फिर्ता भने लिएको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments