
नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने
- चैत्र ११, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएकाे छ ।
आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएकाे हाे ।
‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’
सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ । गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । जसमा कोइराला समूहले असन्तुष्टी जनाउँदै आएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments