
नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा
- चैत्र ७, २०७८ मा प्रकाशित
काठमाडौं: अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ ।
दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ ।
आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।
यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।
नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments