
नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले देउवालाई बुझाए सामुहिक राजीनामा
- बैशाख ३, २०८२ मा प्रकाशित

इटहरी । विधान बमोजिम कुनै कार्य नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । अहिलेसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसेकको राजीनामा पत्रमा उल्लेख छ ।
‘पटक–पटक हामीले व्यक्तिगत र सामुहिक बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तवरमा संगठनको क्रियाकलापहरुलाई सञ्चालन गरौं र हामीले दिएको अवधिभित्रमा नै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेको छौं’ राजीनामा पत्रमा भनिएको छ, ‘यी तमाम विषयहरुमा अध्यक्ष ज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामुहिक राजीनामा दिएका छौं ।’
राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य छन् । राजीनामा दिने नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments